FAQs Complain Problems

मकवानपुरगढी दरबार

Read More

सेतो एक दन्ते हात्ति

Read More

ऐतिहासिक प्रस्तावित ढुंगेगढी

Read More

मनकामना मन्दिर

Read More

ऐतिहासिक मकवानपुरगढी २५७ औं विजय उत्सव समारोह

Read More

ऐतिहासिक मकवानपुरगढी २५७ औं विजय उत्सव २०७६ माघ १० गते भव्यताका साथ सम्पन्न ,प्रमुख अतिथिमा माननीय मुख्य मन्त्रि डोरमणि पौडेलज्यु |

संक्षिप्त परिचय

मकवानपुरगढी गाउँपालिकाको संक्षिप्त परिचय :

मकवानपुरगढी गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो ।  साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्ड देखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ०२ मिनेट ३७ सेकेण्ड देखि ८५ डिग्री १३ मिनेट ०८ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौडासंग सिमाना जोडीएर पुर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका, उतरमा भिमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ ।  जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल १४८.७३ वर्ग किमी रहेको छ ।

जन प्रतिनिधि

अध्यक्ष
Phone:
९८५५०७३८१०
Email:
chairperson@makawanpurgadhimun.gov.np
उपाध्यक्ष
Phone:
९८४३८९३५४८
Email:
harka.maya.rumba@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
makawanpurgadhi.rmc@gmail.com, cao@makawanpurgadhimun.gov.np, ramkumarpudasaini@gmail.com
Phone:
९८५५०८८९६६

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , बाल बालिकाको बाबु / आमाको नागरिकता , चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद , अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात , जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा पनि पाश गर्नु पर्ने । बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र , जाने आउने सबै व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपि , चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता , मृतक संग सम्बन्ध जोडिने प्रमाणपत्र , अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र , मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र , सूचना दिने व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , श्रीमान / श्रीमतीका नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , श्रीमतीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाण , पति पत्नीको नागरिकताको प्रतिलिपि - १/१ प्रति , केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

जानकारी