FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाँउपालिकाको पाँचौ गाँउसभा भव्यताका साथ सम्पन्न ।।

तस्बीर: 
Body: 
मकवानपुरगढी गाँउपालिकाको पाँचौ गाँउसभा भव्यताका साथ सम्पन्न ,सभाध्यक्षमा गाँउपालिका अध्यक्ष श्री बिदुर हुमागाई, सभा सचिबमा प्रमुख प्रशासकिय अधिकृत श्री राम कुमार पुडासैनि ।  मकवानपुरगढी गाँउपालिकाले मिति २०७७ असार ३० गते  अध्यक्ष श्री बिदुर हुमागाईज्युको सभाध्यक्षमा पाँचौ गाउँसभा सम्पन्न गरेको छ । गाँउसभामा प्रस्तुत गरिएको चौसठ्ठि करोड बयासि लाख तेह्र हजार बराबरको बजेट सभाबाट पास गरिएको हो । उक्त बजेटको कार्यान्वयन श्रावण १ गते देखि लागु हुने र तुरुन्त काम सुरु गर्ने प्रतिबद्दता गाँउपालिका अध्यक्षजयु र प्रमुख प्रशासकिय अधिकृत  बाट भएको छ  । बजेटमा समपुरक अनुदान तर्फ रु. ३०,०००,००० , प्रदेश समपुरक अनुदान तर्फ २०,०००,००० , चालु तथा कार्यालय संचालन खर्च तर्फ ६०,१६८,०००,  संघिय तथा प्रदेश शशर्त अनुदान तर्फ २२०,५६०,०००, शंघिय तथा प्रदेश बिशेष अनुदान तर्फ २७,६००,००० गरि जम्मा रु.६४,८२,१३,००० बराबरको बजेट सभाबाट पास भएको हो । मकवानपुरगढी गाउँपालिले गाउँपालिका स्तरिय योजना तथा कार्यक्रम तर्फ रु. ९१००,००० , रु. कृषि तर्फ १,८८,००,००० , शिक्षा तर्फ रु. १,४०,५०,०००, स्वास्थय तर्फ १,०३,५०,००० लगायत विभिन्न क्षेत्रमा बजेट बिनियोन गरिएको हो ।

आर्थिक वर्ष: