FAQs Complain Problems

समाचार

आ.व. २०७७/७८ को लागि ५९ करोड ७५ लाख बजेट पेश -मकवानपुरगँढी गाँउपालिका

तस्बीर: 
Body: 
आ.व. २०७७/७८ को लागि ५९ करोड ७५ लाख बजेट पेश -मकवानपुरगँढी गाँउपालिका मकवानपुरगढी गाउँपालिकाद्धारा ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । आज पाँचौं गाउँसभामा बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ । आयतर्फ संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, अर्कोतर्फ आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने अनुमान सहितको विवरण पेश गरिएको छ । त्यस्तै, व्ययतर्फ कुल बजेटको पुजीँगततर्फ ३२ करोड ६९ लाख ४७ हजार (५४.७१ प्रतिशत) र चालुतर्फ २७ करोड ५ लाख ६० हजार (४५.२९ प्रतिशत) गरी ५९ करोड ७५ लाख ७ हजारको अनुमानित आयव्यय पेश गरिएको थियो । पालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको गाउँसभामा कृषि क्षेत्रमा २ करोड ६४ लाख, उद्योगमा ६५ लाख, पर्यटनमा १ करोड १४ लाख, सहकारीमा ६६ लाख, जलस्रोत र सिचाईमा २ करोड २२ लाख, पशुपक्षीं विकासमा २ करोड ७४ लाख, भुमि व्यवस्थामा ४५ लाख रकम विनियोजित गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशाशनिक खर्च ५ करोड ८० लाख, पूर्वाधार विकास क्षेत्रको यातायात पूर्वाधारमा १४ करोड ४२ लाख,भवन आवास तथा शहरी विकासमा ८८ लाख ५० हजार, उर्जामा २६ लाख ५५ हजार, सञ्चार तथा सुचनामा ८ लाख, विज्ञान र प्रविधिमा ५ लाख रकम विनियोजित गरिएको छ । सामाजिक विकास क्षेत्रमा कुल बजेटको ४३.३० प्रतिशत जुन २५ करोड ८७ लाख ४३ हजार रकम रहनेछ । जसमा सुरक्षा तथा संरक्षण, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, भाषा तथा संस्कृति, शिक्षा र स्वास्थ्य प्रवद्र्धन,लैगिंक समानता तथा सामाजिक समावेशिकरण क्षेत्रहरु रहेका छन्, ।

आर्थिक वर्ष: