मकवानपुरगढी गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्ड देखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ०२ मिनेट ३७ सेकेण्ड देखि ८५ डिग्री १३ मिनेट ०८ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौडासंग सिमाना जोडीएर पुर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका, उतरमा भिमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल १४८.७३ वर्ग किमी रहेको छ ।
ऋषेश्वर गुफा माथि स्थापना भएको शाक्यमुनि बुद्धको मूर्ति यहि २०८१ साल मंसिर ६ गतेका दिन ल्हबप दुईछेन अर्थात पुण्य तिथिमा बुद्धको मूर्ति राख्ने तथा प्राण प्रतिष्ठान उद्घाटन समारोहका झलकहरु:
मकवानपुरगढी गाउँपालिका कार्यालयमा सरुवा भई आउनुभएको सव इन्जिनियर हेमराज जोशी ज्यूको स्वागत कार्यक्रमको झलकहरु:
मकवानपुरगढी गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने ज्यूको स्वागत कार्यक्रमको झलकहरु:
यस मकवानपुरगढी गा.पा.वडा नं ३ मा कार्यरत सब-इन्जिनियर श्री विक्रम तामाङ्ग ज्यू बागमति प्रदेश लोक सेवा आयोग इन्जिनियरिङ सेवामा प्रवेश गर्नुभएकोमा हार्दिक शुभकामना तथा फेरि भेटौला कार्यक्रम।
आज मिति २०८१ साल असार २८ गते शुक्रबार मकवानपुरगढी गाउँपालिकाको ११ औ गाउँसभाको दोस्रो बैठक सम्पन्न।
आज मिति २०८१ असार १० गते मकवापुरगढी गाउँपालिकाको ११ औ गाउँसभाबाट आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८१ , विनियोजन विधेयक २०८१ उपर छलफल गरी कुल जम्मा अक्षेरुपी ५७ करोड ९५ लाख ८० हजार रुपैया मात्र को बजेट वक्तव्य सहित योजना तथा कार्यक्रम
मिति २०८१्/०३/०८ गते शनिबार मकवानपुरगढी गाउँपालिका अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको गाउँपालिका घोषण भएकाे छ र घोषण समारोह का तस्विरहरु: