समाचार
आगामी बजेट कृषिमुखी - प्रांगारिक मलमा कृषकहरुलाई आत्मनिर्भर बनाउनेछौँ : राम कुमार पुडासैनी (अन्तरवार्ता सहित)
Body:
कोरोना महामारीको विश्व संकटकाबीच गढि गाउँपालिकाले ल्याउन लागेको आर्थिक वर्ष २०७७÷७८ बजेट कृषिमुखी हुने जनाएको छ । मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले हजुरको खबरसंग कुराकानी गर्दै अबको निति तथा योजनामा युरिया मल विस्थापित गरेर प्रांगारिक मलमा कृषकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिकाले योजना ल्याउन लागेको बताउनु भयो ।
पुडासैनीले आगामी निति तथा योजनामा कृषि र पशुपालनलाई थप प्रर्वद्धन गनेृ खालका योजनाहरु ल्याउनेछौँ उहाँले भन्नु भयो,“कृषि आधुनिकिकरणमा जोड दिदैँ कृषिमा गाउँबासीलाई आत्मनिर्भर बनाउनेछौँ ।” यस बर्ष अन्य बर्ष भन्दा कृषिलाई नै प्राथमिकता राखेर बजेट ल्याउने तयारीमा जुटिरहेको बताउनु भयो । यस्तै गाउँपालिकाले यस आर्थिक बर्षमा शत प्रतिशत काम सक्ने उद्देश्य अनुरुप काम गरिरहेको छ । कोरोना कारण लकडाउन हुँदा समेत विकासका कामहरु धमाधाम काम संचालन भईरहेको थियो । तर शत प्रतिशन ल्याउने तयारी गर्दा सो पुरा गर्न सकेनौँ उहाँले भन्नु भयो," ९० प्रतिशत काम भने सम्पन्न हुनेछ । "
पुडासैनीले चालु आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रममा पारित योजना मध्ये शत प्रतिशत सम्पन्न हुने अनुमान गरेको बताउनु भयो । आगामी आर्थिक ०७७र७८ को प्रदेश सरकारबाट करिब ६ करोड रुपैँया र स्थानीय स्रोतबाट ६ करोडभन्दा बढी रकम व्यवस्थापन गरी जम्मा ५१ करोड बजेट पुग्ने अनुमान गरिएको उहाँको भनाई रहेको छ ।
अन्तरवार्ताको भिडियो लिङ्क: https://youtu.be/MmTDFmcZS8I