FAQs Complain Problems

समाचार

कोरोना रोकथाम सम्बन्धि गाँउपालिका स्तरिय समन्वय समितिको बैठक ।

तस्बीर: 
Body: 
मिति 2077 आश्विन 2- मकवानपुरगढी गाँउपालिका मकवानपुरगढी गाँउपालिका कोरोना रोकथाम सम्बन्धि "गाउँपालिका स्तरिय समन्वय समिति"को बैठक सम्पन्न भएको छ । मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष श्री विदुर हुमागाईको अध्यक्षतामा कोरोना रोकथाम सम्बन्धि "गाँउपालिका स्तरिय समन्वय समिति"को बैठक बसेको हो ।उक्त बैठकबाट विश्वब्यापि माहामरिको रुपमा फैलिएको कोरोना भाईरसबाट सुरक्षीत रहनको लागि लागि विभिन्न उपायहरु: साबुन पानिले हात धुने, भिडभाडमा नजाने, सार्वजनिक स्थल वा कार्यालयमा जादा र चाडपर्व मनाउदा कम्तिमा २ मिटरको दुरि कायम गर्ने ,नेपाल सरकार र गाँउपालिकाको निति नियम र स्वास्थयको मापडण्ड अनुरुप सार्वजनिक सवारि साधन संचालन गर्ने, सामाजिक दुरि कायम गरि होटल तथा किराना पसल संचालन गर्ने,बाहिरि कामदार र कर्मचारि आउदा अनिवार्य पि.सि.आर. परिक्षण गरि  गाँउपालिका प्रवेश गर्ने, तास ,लुडो,क्यारम जस्ता खेलमा सहभागि हुनेलाइ कारवाहिको दायरामा ल्याउने, सुरक्षाको निम्ति माक्स र सेनिटाईजर प्रयोगलाई कडाईका साथ लागु गर्ने, वडा स्तरिय योजनाहरु कार्यन्वयन गर्दा सामाजिक दुरि कायम गरि उपभोक्ता समिति गठन गरि काम कारवाहि अगाडि बढाउने, सभा सम्मेलन र खेलकुदका कार्यहरुमा रोक लगाउने निर्णय गरिएको छ ।

आर्थिक वर्ष: