FAQs Complain Problems

बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम (पहोलो चरण) ।

तस्बीर: 
Body: 
बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम । बालमैत्रि स्थानिय शासन मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान भन्ने  मुल नाराको साथ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री बिदुर हुमागाइ,उपाध्यक्ष श्री हर्कमाया रुम्बा,प्र.प्र.अ श्री रामकुमार पुडासैनि लगायत वडा अध्यक्षज्युहरु,कार्यपालिका सदस्य, राजनैतिक दलका प्रतिनिधी, गाउँपालिकाको शाखा प्रमुखहरु, वडा सचिबहरु, विध्यालयका प्र.अ र वि.व्य.स. अध्यक्षज्युहरु, शुरक्षा निकायका प्रतिनिधीहरुको उपस्थित रहेको छ भने प्रशिक्षकमा आदरणिय श्री विष्णु प्रसाद चतुर्वेदीज्यु हुनुहुन्छ । यस कार्यक्रमा सम्पुर्ण सरोकारवालाहरुको उत्तिनै महत्वपुर्ण भुमिका रहेको र कार्यक्रम र नितिगत योजनालाई सार्थक तुल्याउन सम्पुर्ण सरोकारवालाहरुले आवश्यक समय दिई पुर्णरुपमा सहभागि हुन अनुरोध गर्दै “यहि आर्थिक वर्ष भित्र मकवानपुरगढी गाउँपालिका को तिनवटा वडाहरु वडा नं. ३,५,६ र आगामि आर्थिक वर्ष मङसिर सम्ममा मकवानपुरगढी गाउँपालिकालाइ बालमैत्री गाउँपालिका घोषणा” गर्ने कुरा गाउँपालिका अध्यक्ष श्री विदुर हुमागाइज्युले बताउनु भयो ।अन्त्यमा कार्यक्रमको पुर्ण सफलताको शुभकामा दिदै बिदा हुनुभयो ।  मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रामकुमार पुडासैनिले यस कार्यक्रमको उदेश्य र औचित्यमाथि प्रकाश पार्नुभयो । उहाले भन्नुभयो “ बालमैत्री गाउँपालिका वबनाउनको लागि सबै तह र तप्काबाट पुरा गर्नुपर्ने जिम्बेवारि र उक्त जिम्बेवारि पुरा गर्नको लागि के कस्ता योजना तथा कार्यक्रमको आवश्यक पर्दछ भन्ने कुरा यहि कार्यक्रम मार्फत जानकारि हुनेछ । “

आर्थिक वर्ष: