FAQs Complain Problems

बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम (दोश्रो चरण)) ।

तस्बीर: 
Body: 
बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम (दोश्रो चरण) । मिति २०७७ माघ २० गते बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रमको दोश्रो दिन बालमैत्रि हुनको लागि पुरा गर्नु पर्ने सुचकहारुको बारेमा जानकारि गराउदै यसको लागि आवश्यक सरोकारवालाहरु र कार्यन्व्यन तहको बारेमा प्रशिक्षक विष्णु प्रसाद चौवेज्यिले प्रष्टाउनु भयो । आजकैदिन गाउँपलिकाको तर्फबाट सामुहिक हस्ताक्षर सहितको प्रतिवद्वता जनाउने कार्यरक्रमपनि सम्पन्न गरियो ।  प्रतिवद्वता जनाउनेहरुमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्षज्यु,उपाध्यक्षज्यु,प्रमुख प्रशासकीय अधिकृतज्यु,वडा अध्यक्षज्युहरु,शाखाका शाखा प्रमुखज्युहरु, वि.व्य.स. अध्यक्षज्युहरु,विध्यलयका प्धानाध्यापकज्युहरु, राजनैतिक दलका प्रतिनिधिज्युहरु,सहकारिका प्रतिनिधिज्युहरुको सहभागि रहेको थोयो । प्रतिवद्वता: "मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार" “बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउापालिकाको मुख्य अभियान" मकवानपुरगढी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मकवानपुर, बागमती प्रदेश, नेपाल बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाको लागि मकवानपुरगढी गाउँपालिकाको सामुहिक प्रतिबद्धता हामी मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दल, बालबालिका, सेवाप्रदायक, विषयगत शाखा, संघसस्था, विद्यालय, सुरक्षा निकाय लगायत विभिन्न मुख्य सरोकारवालाहरूले संविधानको मौलिक हक, धारा ३८, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि तथा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ बमोजिम मकवानपुरगढी गाउँपालिकामा बालमैत्री स्थानीय शासन (CFLG) नीतिगत अवलम्बन तथा घोषणाको प्रक्रियामा आ-आफ्नो क्षेत्रबाट सक्रिय एवम् अर्थपूर्ण सहभागिता जनाई यस गाउँपालिकालाई मिति २०७८ मंसिर भित्र बालमैत्री गाउँपालिका घोषणाको लागि पूर्णरूपले सहयोग गर्न/गराउनका लागि यो सामुहिक हस्ताक्षर गरी प्रतिवद्धता जाहेर गर्दछौँ।  

आर्थिक वर्ष: