FAQs Complain Problems

समाचार: मकवानपुरगढी गाउँपालिकाबाट ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाको बजेट प्रस्तुति

तस्बीर: 
Body: 
मकवानपुरगढी गाउँपालिकाबाट ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाको बजेट प्रस्तुति   मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्याक्षतामा भएको गाउँपालिकाको सातौं गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्बाको आदेशमा वडा अध्यक्ष समेत रहेका गाउँसभा सदस्य टिका प्रसाद दाहालले आर्थिक वर्ष २०७८ ७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि संघीय सरकार र प्रदेश सरकारको गरी वित्तिय समानिकरण अनुदान ११ करोड ३८ लाख ६७ हजार प्राप्त हुने भएको छ । त्यस्तै संघीय सरकार राजश्व बाँडफाँडका विभिन्न शीर्षकबाट १७ करोड ५५ लाख ५० हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ । अन्तरिक स्रोत तर्फ ८८ लाख रकम प्राप्त हुने अनुमान गरिएको दाहालले बताए । संघीय सरकारको सर्शत अनुदानका विभिन्न शीर्षकमा गरी २२ करोड ४७ लाख र संघीय र प्रदेशको समपुरक बजेट ३ करोड९३ लाख रहेको जानकारी दिए । संघीय सरकारले विशेष अनुदानको रुपमा ६ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको दाहालले बताए । नीति तथा कार्यक्रममा विषय क्षेत्रगत अनुमानित आर्थिक विकास क्षेत्रमा १० करोड ६० लाख ८० हजार रहेको छ जसबाट कृषि क्षेत्रमा २ करोड ६४ लाख, १३ हजार उद्योग क्षेत्रमा ६५ लाख, पर्यटनमा १ करोड १४ लाख, ५ हजार, सहकारी क्षेत्रमा ६६ लाख, जलस्रोत तथा सिँचाइमा २ करोड २२ लाख २० हजार, पशुपंक्षी विकासमा २ करोड ८४ लाख ३२ हजार र भूमि व्यवस्थामा ४५ लाख बजेट छुट्याइएको छ । त्यस्तै, पूर्वाधार विकास क्षेत्रको यातायात पूर्वाधारमा १४ करोड ६२ लाख, ९० हजार, भवन, आवास तथा शहरी विकासमा ८८ लाख ५० हजार, ऊर्जामा ३५ लाख ६८ हजार, सुचना तथा सञ्चारमा ८ लाख १८ हजार, विज्ञान तथा प्रविधिमा १० लाख ९५ हजार गरी पूर्वाधार विकास क्षेत्रमा १६ करोड विनियोजत गरेको छ । गाउँपालिकाकाले सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र अन्तरगत २ करोड विनियोजन गरिएको छ । विषय क्षेत्रगत व्यय अनुमानको महत्वपूर्ण सामाजिक विकास क्षेत्रको सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा ३७ लाख ४३ हजार, युवा खेलकुदमा ३४ लाख ९० हजार, खानेपानी तथा सरसफाईमा १ करोड ६८ लाख ६३ हजार, भाषा संस्कृतिको लागि २४ लाख ५ हजार, शिक्षामा १६ करोड ४३ लाख, ६९ हजार, स्वास्थ्यमा ५ करोड ४७ लाख ६६ हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा १ करोड ५२ लाख ५० हजार गरी सामाजिक विकास क्षेत्रमा २६ करोड रकम विनियोजन गरिएको दाहालले बताए । गाउँपालिकाले कृषि, पर्यटनलाई बढी प्राथमिकतामा राखेर युवा लक्षित कार्यक्रमलाई समेत अघि बढाइएको छ । विभिन्न नाराका साथ ल्याइएको कार्यक्रमलाई गत वर्ष झैं यस वर्ष पनि निरन्तरता दिदैं नयाँ कार्यक्रमहरु समेत ल्याइएको छ । गाउँसभामा मकवानपुरगढी गाउँपालिकाको आव २०७७/०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक र व्ययको वितरण भएको आव २०७७/०७८को विनियोजन विद्येयक प्रस्तावलाई कार्यान्वयन गर्न बनेको कानुन वडा अध्यक्ष तथा आर्थि विकास समितिका सदस्य भागवत घिमिरेले सभामा पेश गरेका थिए । सोही सभामा गाउँपालिका सुशासन समिति गठन र सञ्चालन नियमावली २०७७, गाउँपालिका लेखा समिति गठन सञ्चालन नियमावली २०७७, र गाउँपालिकाको कार्यप्रणालीलाई व्यवस्थित गर्न विधायन समितिको गठन सञ्चालन गर्न बनेको नियमावली २०७७, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले टेबुल गरेका थिए । गाउँसभाको अर्को बैठक असार २६ गते बस्ने गरी स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष विदुर हुमागाईले बताए ।   अन्य तस्बिरको लागि: 

आर्थिक वर्ष: