समाचार
सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालि मार्फत वितरण गरिने ।
Body:
सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालि मार्फत वितरण गरिने ।
मकवानपुरगढी गाउँपालिका र नेपाल बङ्गलादेश बैङ्क बिच मकवानपुरगढी गाउँपालिका वडा नं. ३ लाई सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत वितरण गर्नको लागि आपसि सम्झौता भएको छ । मिति २०७७ फाल्गुन २३ गते बिहान १० बजे नेपाल बङ्गलादेश बैङ्कको कार्यालयमा गाउँपालिकाका अध्यक्षज्यु,प्रमुख प्रसासकिय अधिकृतज्यु,वडाका वडा अध्यक्षज्युहरु,पञ्जिकलरण बिभाग र बैङ्कको शाखा प्रवन्धक र अन्य कर्मचारिको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा हस्ताक्षर सहितको सम्झौता पत्र आदरणिय गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईज्युबाट बैङ्कका शाखा प्रवन्धकलाई हस्तान्तरण गरियो ।
दस्तावेज: