FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाउँपालिकाको छैठौ गाउँसभाबाट चार वटा ऐन पास...,सभाध्यक्ष श्री बिदुर हुमागाई

तस्बीर: 
Body: 
मकवानपुरगढि गाउँपालिकाको हिउँदे अधिवेसन सुरु भई छैठौ गाउँसभा सम्पन्न गरेको छ । शुक्रवार गाउँपालिकाको सभाहलमा भएको सभाले ४ वटा कानुन पास गरेको छ । गाउँपालिकाका अध्यक्ष श्री विदुर हुमागाइज्युको सभाध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्षले तोकेको कार्यपालिका सदस्य भागवत घिमिरेले गाउँसभा वातावरण तथा प्रकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको कानुनको प्रस्ताव पेश तथा पारित गर्न विचार गरियोस भन्ने प्रस्ताव पेश गरेका थिइ । प्रस्तावित कानुनमा रहेका दफा उपदफा सभामा प्रस्तुत गरेका थिए ।त्यसतै,आर्थिक विकास समितिका संयोजक बखान सिं पाख्रिनने सार्वजनिक निजि साझेदारी सम्बन्धमा कानुनको प्रस्ताव पेश तथा पारित गर्न विचार गरियोस भन्ने प्रस्ताव पेश गरेका थिइ,सभामा सामाजिक विकास संयोजक जित बहादुर घिमिरेले बालबालिकाको हित संरक्षण सम्बन्धी कानुनको प्रस्ताव पेश तथा पारित गर्न विचार गरियोस भन्ने प्रस्ताव पेश गरिएको थियो। वडा न. १ का अध्यक्ष आईत सिं लो बाट सभामा संस्था दर्ता सम्बन्धमा बनेको कानुनको प्रस्ताव पेश तथा पारित गर्न विचार गरियोस भन्ने प्रस्ताव पेश भएको थियो ।सभाध्यक्ष श्री बिदुर हुमागाइज्युले प्रस्ताव पेश भए पश्चात कानुन माथि छलफल गराइ प्रस्तावित ४ वटै कानुन पास गरिएको छ ।सभामा उपाध्यक्ष हर्कमाया रुम्बा, गाउँसभा सचिब तथा प्रमुख प्रशासकिय अधिकृत राम कुमार पुडासैनि,वडा अध्यक्ष,कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरुको उपस्थिति भएको थियो ।

आर्थिक वर्ष: