FAQs Complain Problems

१११ औं अन्तराष्ठ्रिय महिला दिवस भब्यताका साथ सम्पन्न ।

तस्बीर: 
Body: 
१११ औं अन्तराष्ट्रिय मिला दिवस भव्यताका साथ सम्पन्न आज मिति २०७७ फाल्गुन २४ गते १११ औं अन्तराष्ट्रिय मिला दिवस भव्यताका साथ सम्पन्न भएको छ ।  मकवानपुरगढी गाउँपालिकाको आयोजनामा  वडा न.६ स्थित भालुखोलामा संचालन गरिएको कार्यक्रममा मकवानपुरगढी  गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा ज्युको सभाध्यक्ष रहेको थियो भने  कार्यक्रममा माननिय कुमारि मोक्तानज्यतुको प्रमुख आथित्यता रहेको थियो । महिलाको समान सुरक्षा र रोजगार समृद्व नेपालको आधार भन्ने मुल नाराका साथ संचालन गरिएको यो कार्यक्रम बिषेश गरि महिला बार्गलाई लक्षित गरिएको थियो । महिला हारुको हक अधिकार र स्वतन्त्रताको सुनिश्चितता पश्चात मात्र समृद्व नेपालको सपना साकार हुने कुरा यस कार्यक्रम मार्फत बताईयो । बिगतको समयकाल भन्दा भिन्न रहेको यो समाजमा तुलानात्मक रुपमा महिला हक अधिकारको सुनिश्चितता भएतापनि अझै पुर्ण रुपमा भने भएको छैन । चेतनाको स्तरलाई अभिवृद्दि गरि महिला सशक्तिकरणको माध्यमबाट महिला हक अधिकार दिर्घकालिन रुपमा सुनिश्चुत गर्न सकिनेछ । महिलाको समान हक र पहुच हुन सके मात्र समृद्व समाज र देशको सपना साकार हुनेछ ।  कार्यक्ममा मकवानपिरगढी गाउँपालिकाका अध्यक्ष श्री बिदुर हुमागाईज्यु उपाध्यक्ष हर्कमाया रुम्बाज्यु,प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनि  वडाका अध्यक्षज्युहरु,विध्यालयका शिक्षक-शिक्षिका,सघं सस्थाका प्रतिनिधिज्युहरु,राजनैतिक दलका प्रतिनिधिज्युहरु र अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा यस गाउँपालिकामापनि महिलाको हक सुनिश्चितताको लागि विभिन्न प्रयासहरु गरिदै आएको छ,महिला सहकारि, महिला बिकास जस्ता कार्यक्रमको माध्यमबाट महिलाको सहभागिता र महिलाहरु पानि स्वयम सक्षम छन, मौका र अवसर प्रप्त भए महिलाहरुले पानि पुरुष सरह काम गर्न सक्ने र राष्ट्र निर्माणमा समेत उच्च योगदान पुर्याउन सक्नेछन ।  महिलाहरुलाइनै बिषेश प्राथामिकतामा राखिएको कार्यक्रमहरु आगामि दिनहरुमापानि निरन्तरता दिईने भनाईहरु गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाज्युले बताउनुभयो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाइज्युको हातबाट प्रमुख अथितिलाइ मायाको चिनो प्रदान गारियो । देशभर अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइरहदाँ मकवानपुरगढी गाउँपालिकाले भने विभिन्न स्थानबाट ¥याली निकालेर वडा नम्बर ६ स्थित भालुखोलामा बृहत भेला भइ कार्यक्रम भएको हो ।

आर्थिक वर्ष: