FAQs Complain Problems

समाचार

आ.व. २०७९/०८० को वार्षिक नीति , कार्यक्रम तथा बजेट (२०७९ असार १० गते)

Body: 
यस मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनीक भएको छ । शुक्रबार आयोजित दोस्रा गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले आर्थिक वर्ष २०७९/०८० को लागि कुल ६७ करोड ४४ लाख २२ हजार बराबरको अनुमानित आयव्यय पेश गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष नेपालीले आगामी आर्थिक वर्षमा कुल बजेटको पुँजिगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालु तर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी गराउनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि जनताका समस्याहरुलाई आत्मसाथ गरी शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका विकासमा सबै पक्षहरु सँग सहकार्य गर्दै अघिल्लो सरकारको अनुभव एवम् पुरा गर्न बाँकी कार्यहरुलाई महत्व दिएर बजेट निर्माण गरेको गाउँपालिकाका प्मुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो ।
दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: