FAQs Complain Problems

उत्कृष्ठ कृषकलाई गाउँपालिकाद्वारा सम्मान र पुरस्कार ।।

तस्बीर: 
Body: 
उत्कृष्ठ कृषकलाई गाउँपालिकाद्वारा सम्मान सम्मान र पुरस्कार  कृषि कर्यमा उत्कृष्ट काम गरेकोमा मकवानपुरगढी गाउँपालिकाले ६ जना कृषकलाई पुरस्कार सहित सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिदुर हुमागाईज्लेज्युले कृषि क्षेत्रमा ब्यवसायिक तरिकाले काम गरिरहेका ६ जना कृषकलाई जनही ३० हजार सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । कृषि (बाली) तर्फका ३ जना र पशुपालन तथा कुखुरापालन तर्फका ३ जना पुरस्कृत हुनुभएको छ । पुरस्कार वितरण गर्दै अध्यक्ष हुमागाईज्युले पहिला पहिला ब्यवसायिक किसान तथा कृषि कर्म हेर्नको लागि टाढा टाढा जानुपरेको कुरा स्मरण गराउँदै अहिले ब्यवसाय हेर्नको लागि विभिन्न ठाउँबाट यस गाउँपालिकामा किसानहरु आउँदा गर्व लाग्ने गरेको बताउनुभयो । किसानलाई जस्तो सुकै आईपर्ने समस्यामा पालिकाको सक्दो सहयोग गर्ने नीति रहेको भन्दै कृषकले उत्पादन गरेका खाद्यान्न,दूध लगायत कृषि उपजमा उत्पादन गर्ने कृषक तथा सहकारीलाई अनुदानको ब्यवस्था गरिएको र दुग्ध उत्पादनमा लागेका किसानहरुलाई सहकारी मार्फत बिक्री वितरण गर्दा किसानले पेन्सन पाउनेगरी प्रती लिटरका हिसाबले अनुदानको ब्यवस्था गर्न लागिएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट पशुपालन तर्फ : मकवानपुरगढी ३ को श्री पि.एस.पि एग्रो प्रालिका संजय नेपाल , मकवानपुरगढी ४ को पाख्रीन एकीकृत कृषि तथा पशु फर्मका सुर्य बहादुर पाख्रीन र मकवानपुरगढी ७ को मखमली बाख्रा फर्मका गोकुल लम्साल पुरस्कृत हुनुभएको छ । यसैगरी कृषि (बाली) तर्फ : मकवानपुरगढी वडा नं ३ को तिमल्सिना कृषि तथा फलफुल फर्मका बद्रीप्रसाद तिमल्सिना , वडा नं २ को शितल कागती कृषक समुहका वीर बहादुर स्याङ्तान र वडा नं ८ को चन्द्र सुर्य कृषि तथा पशुपंछी फर्मका सुर्यमाया दोङलाई सम्मान गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक विनियोजित कार्यक्रमको स्वीकृत कृषि कार्यक्रम अन्तर्गत उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वडा अध्यक्षहरु बखानसिं पाख्रीन,भागवत घिमिरे,रामप्रसाद तिमल्सिना , कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायतकाको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: