FAQs Complain Problems

समाचार

यहि १२ र १३ गते मकवानपुरगढीमा जोन्सन एण्ड जोन्सन खोप लगाइने ।।

तस्बीर: 
Body: 
यहि श्रावण १२ र १३ गते मकवानपुरगढीमा कोरोना विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन लगाउन लागिएको छ । गाउँपालिकाको १ देखी ८ वटै वडाहरुका स्वास्थ्य संस्थामा यस अगाडि कोभिड -१९ विरुद्धको कुनै पनि खोप नलगाएका नागरिकहरु मध्ये लक्षित समूहलाई यो खोप दिन लागिएको हो । यो खोप एक डोज लगाए पछि अर्को डोज लगाउन नपर्ने बताइएको छ । लक्षित समूहमा ५० देखि ५४ उमेर समूहका सबै, रातो निलो कार्ड भएका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरु र पासपोर्टमा भिजा प्रमाणीत भएका बिदेश जाने ब्यक्तिहरु रहेका छन् ।  खोप लगाउन आउँदा अनिवार्य रुपमा आफ्नो उमेर खुल्ने कागजात लिएर आउनुपर्ने तथा लक्षित समूह बाहेक अरुलाई यो खोप नलगाईने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लामिछानेले बताउनु भएको छ ।  

आर्थिक वर्ष: