मकवानपुरगढी गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्ड देखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ०२ मिनेट ३७ सेकेण्ड देखि ८५ डिग्री १३ मिनेट ०८ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौडासंग सिमाना जोडीएर पुर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका, उतरमा भिमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल १४८.७३ वर्ग किमी रहेको छ ।
मिति २०८० फागुन ०१ गतेका दिन मञ्जुश्री संवत २८६० डुक सोनाम ल्होछारको अवसरमा आयोजित ल्होछार विशेष सांस्कृतिक कार्यक्रम
मिति २०८०-१०-१८ गतेका दिन मकवानपुरगढी गा.पा. वडा नं १ आपँटारमा सामाजिक सुरक्षा बापतको रकम वितरण गर्दैका तस्विरहरु:
आज मिति २०८० माघ ५ गते शुक्रबारको दिन मकवानपुरगढी गाउँपालिका वडा नं. ८ बुढिचौर मा मकवानपुरगढी गाउँपालिकाको १० औ गाउँसभा गाउँपालिका अध्यक्ष श्री दोर्जे लामा स्याङ्तानज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।
मिति २०८० मंसिर १९ गते मंगलबार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका तस्विरहरु।
आ.व.२०७९/०८० मा सम्पादित गरिएका स्वास्थ्य कार्यक्रमहरुको मिति २०८०/०६/१९ र २० गते हेटौंडामा भएको बार्षिक समिक्षामा मकवानपुर जिल्लाको दश वटा स्थानीय तहहरु मध्ये मुख्य मुख्य सुचकको आधारमा मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका दुबै प्रथम हुन सफल भयौ ।
मिति २०८०।०६।१४ गते मकवानपुरगढी गाउँपालिकाले यस कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीज्यूलाई आजकै मितिबाट पद बहाली गर्नु भएको छ।
आज मिति २०८०/०५/२९ गतेका दिन यस मकवानपुरगढी गाउँपालिकाको कार्यलयमा ५९ औं बाल दिवसको अवसरमा विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कायक्रम गरियो ।