FAQs Complain Problems

संगठनात्मक स्वरुप

मकवानपुर गढीको संक्षिप्त परिचय

मकवानपुरगढी गाउँपालिका बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो ।  साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यहाँ यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । समुन्द्री सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्ड देखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ०२ मिनेट ३७ सेकेण्ड देखि ८५ डिग्री १३ मिनेट ०८ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटांैडासंग सिमाना जोडीएर पुर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका, उतरमा भिमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ ।  जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशत भुभाग यस गाउँपालिकाले ओगटेको छ ।